वीरगञ्ज – लागुऔषध चरेससहित बाराबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–४ निवासी ४१ वर्षीया लालशादेवी रौनियार छन्।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी गस्ती टोलीले कलैया उप–महानगरपालिका–१० स्थित नेपाल–भारत सीमानजिक सडकबाट चेकजाँच गर्ने क्रममा रौनियारलाई नेपालबाट भारततर्फ गइरहेको अवस्थामा साढे सात किलो चरेससहित पक्राउ गरेको हो।

उनको साथबाट कम्मर तथा दुबै तिघ्राको भागमा १४ पोकामा लुकाएर राखेको लागुऔषध चरेस बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। पक्राउ परेकी रौनियारलाई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको मिश्रले बताए।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्