प्रदेश १ को संसद बैठक स्थगित गर्न मार्ग गर्दै एमालेले दियो निवेदन

मोरङ – प्रदेश १ को प्रदेशसभा बैठक स्थगनका लागि नेकपा एमालेले निवेदन दर्ता गराएको छ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पूर्व एमालेले प्रदेशसभा समक्ष १५ गतेसम्मका लागि बैठक स्थगन गर्न निवेदन दिएको हो ।

प्रदेशसभा सचिवालयले नेपाली कांग्रेस र एमाले दुवै दलको तर्फबाट निवेदन दर्ता गराएको जानकारी दिएको छ । सभामुख प्रदीप कुमार भण्डारीले आइतबारको बैठक के गर्ने र कहिले तोक्ने भन्ने विषयमा छलफल सुरु गरेका छन्।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्व भ्रमण देखाउँदै सदनको कारवाही रोक्न माग गरेको थियो।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्