पल शाहसँगको सम्बन्धको बारेमा गायिका समीक्षा अधिकारी भन्छिन्, ‘पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ’

काठमाडौँ– गायिका समिक्षा अधिकारीले नायक पल शाहको प्रेम सम्बन्धको हल्ला कपोकल्पित भएको बताएकी छन्। उनले सञ्चार माध्यममा आएका समाचारहरुमा उनको र पलको सम्बन्धलाई तोडमोड गरी प्रकाशन गरिएको बताएकी छन्।

उनले फेसबुकमा स्पष्टीकरण दिँदै भनेकी छन्, ‘तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ। यसले पलजीको करियर माथि पनि आँच आउन सक्ने किसिमको सस्तो प्रचारवाजी गरिरहेका छन्।’

उनले यस्तो नगर्न आग्रह गर्दै अगाडि लेखेकी छन्, ‘बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्‍याएको छ यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ। एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकका हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ।’

उनले आफूहरुबीच कुनै पनि प्रकारको अनैतिक सम्बन्ध नरहेको भन्दै उनीहरु मात्र साथमा काम गरिरहेको उल्लेख गरेकी छन्।

उनले मिडियामा आएका समाचारप्रति दुखि भएको र आफूलाई यस किसिमको अपेक्षा नभएको पनि उल्लेख गरेकी छन्। उनले मिडियालाई यस किसिमका समाचार नछाप्न र दर्शकलाई यस्ता समाचारका पछाडि नलाग्न पनि अनुरोध गरेकी छन्।

गायिका अधिकारी र नायक पल शाहबीच प्रेम सम्बन्ध रहेको र उनीहरु धेरै निकट रहेको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनले फेसबुकमा स्पष्टीकरण दिएकी हुन्।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्