काठमाडौँ उपत्यकामा २०९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५५७ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।

आइतबार ८७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन्।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्