गैँडाको खागसहित काठमाडौबाट दुई जना पक्राउ

विभिन्न कोणबाट देखिने दृश्यसहित बरामद खाग।

काठमाडौं- गैँडाको खागसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोलुखुम्बुको दुधकोशी गाउँपालिका-६ का १८ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका-१ का २८ वर्षीय दिपक गोतामेलाई पक्राउ गरेको हो।

उनिहरुलाई खाग विक्री वितरण गर्न लागिएको अवस्थामा पक्राउ गरिएको महाशखाले जनाएको छ।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्