ऋषि धमलाको अन्तर्वार्ता

‘मैले लिएको अन्तर्वार्ताकै कारण चार मन्त्रीको पद गयो’ (भिडियो)

गजबको संयोग छ मेरो स्कुले जीवनको। समय कम थियो। बाल्यकालदेखि नै कर्मक्षेत्रमा भिजेको मान्छे। आमाको सानैमा निधन भयो। आमाको निधनपश्चात् मलाई हुर्काउने, अगाडि बढाउने सबै काम बुवाले गर्नुभयो।

बुवाको मायाले मलाई गासउँघरमा काम गर्न थप हौसला मिल्यो।

हामी तीनभाइ थियौँ। जेठो र माहिलो दाइ विदेश हुनुहुन्थ्यो। गाउँमा म सबै काम गर्थें। स्कुल बिदा भएको दिन हलो पनि जोत्थेँ। हलो जोत्न मलाई मज्जा लाग्थ्यो।

खेतबारी धेरै भएका कारण आली लगाउने, पानी लगाउने सबै काम गर्थें। कक्षा ५ सम्म मैले गाउँमै पढेँ। त्यसपछि काठमाडौँ आएँ। म २०४४ सालतिर काठमाडौँ आइसकेपछि तीनधारा संस्कृत पाठशालामा कक्षा ६ मा भर्ना भएँ।

पछि बुवाले म काठमाडौँमा आफन्तकोमा बसेर पढिरा’छु भनेर थाहा पाउनुभयो र मलाई भेट्न आउनुभयो। म तीनछक परेँ किनकि म भागेर आएको थिएँ। बुवाले मलाई फेरि गाउँमै लिएर जानुभयो। केही समय फेरि त्यहीँ पढेँ।

कक्षा ८ पढ्ने बेला फेरि काठमाडौँ आएर जनप्रभात मावि कालिमाटीमा भर्ना भएँँ। ०४६ सालको जनआन्दोलनमा स्कुल पढ्दै थिएँ। म १८० वटा स्कुलको लिडर भएँ। किनभने म गणेशमान सिंहको घरको बैठकमा सामेल भएको थिएँ ०४६ साल माघ ५, ६ र ७ गते।

नेपालमा प्रजातन्त्र कसरी ल्याउने, आन्दोलन कसरी गर्ने भनेर उक्त बैठक राखिएको थियो। त्यो बैठकमा भारतका सबै हाई लेभलका नेता सहभागी थिए। त्यो बैठकमा मैले रिपोर्टिङ गरेको सबै कुरा सम्झन्छु अझै पनि।

गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, सहाना प्रधानको स्मरण ताजै छ मेरो मानसपटलमा। झलझली आउँछ त्यो दृश्य। त्यही बेलादेखि हो मैले पत्रकारिता सुरु गरेको पनि।

मैले लिएको अन्तर्वार्ताकै कारण चार जना मन्त्रीको पद गएको थियो।

पत्रकार ऋषि धमलाको संघर्षको विस्तृत कथा यो भिडियोमा:

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्