झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठैबरा सरकार’को संज्ञा दिएका छन्।

सरकार गठन भएको यतिका महिना वित्दा पनि केही गर्न नसकेको भन्दै उनले कठैबरा सरकारको संज्ञा दिएका हुन्।

उनले भने, ‘यो सरकारको के कुरा गर्नु! कठैबरा सरकार।’

झापाको विर्तामोडमा आइतबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै उनले सरकार बनेको साढे तीन महिनामा सरकार ढलपल भएको बताए।

ओलीले आफ्ना पार्टीबाट विद्रोह गर्नेलाई गद्दार भनेका छन्। पार्टी फुटाएर विपक्षीसंग साँठगाँठ गर्ने एकीकृत समाजवादीका नेताहरुलाई उनको भनाइ लक्षित थियो।

उनले भने, ‘माधव नेपाल अब चुनाव लड्दैनन्। समानुपातिकमा बस्छन्। चुनाव त जित्नुपर्यो नि।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि चुनाव जितेर देखाउन चुनौती दिए।

माधव नेपाललाई अब एमालेले नलिने उनले बताए। ओलीले भने, ‘माधव नेपालजस्ता आपराधिक तत्वलाई अब एमालेले लिँदैन।’

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्