बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको आश्वासन

झापा – प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने आश्वासन दिएका छन्।

आइतबार प्रदेश १ का बाढी-पहिरो क्षेत्रको निरीक्षणका लागि इलाम आइपुगेका प्रधानमन्त्री देउवाले उक्त आश्वासन दिएका हुन्।

आइतबार उनले इलाम तथा पाँचथरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजका अतिरिक्त अबको मन्त्रिपरिषद् बैठकबाट थप राहत प्याकेज आउने उनले बताए।

आइतबार पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ चिम्फुलास्थित जलसिङ माबिको प्राङ्गणमा भएको पहिरो पीडितसंगको भेटघाट कार्यक्रममा उनले त्यस्तो आश्वासन दिएका हुन्।

प्रधानमन्त्री देउवाले इलामको माङ्सेबुङ गाउँपालिका ६ को चिसोपानी र पाँचथरको मिक्लाजुङ – ६ को स्थलगत निरीक्षण गरेका थिए।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्