सालहको ह्याट्रिक, म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमै भएको खेलमा ३० मिनेट भन्दा बढी अवधि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ले पराजित भएको हो ।

लिभरपुलका लागि पाँचौँ मिनेटमा केइता, १३ औँ मिनेटमा जोटाले गोल गरे भने मोहम्मद सालहले ह्याट्रिक गरे । उनले ३८, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेट तथा ५० औँ मिनेटमा गोल गरेका हुन् ।

६० औँ मिनेटमा सिधै रातो कार्ड पाएर पउल पोग्बा मैदानबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि दोस्रो स्थानको लिभरपुलको ९ खेलबाट २१ अंक भएको छ । १४ अंकसहित म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा लेस्टर सिटीले ब्रेन्ट्फोर्डलाई २–१ तथा वेष्ट ह्यामले टोटनह्यामलाई १–० ले पराजित गरेका छन् ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्