वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट कारमा ल्याइएको लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर हेटाँैडा उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा छन्।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाइपासबाट बा.४च १०२१ नम्बरको कारबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

उनीहरू चढेर आएकाको कारलाई चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध विनसिरेक्स ११० एमएलको २ सय ३७ बोतल र नाइट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सिटुमुनि राखिएको अवस्थामा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

 

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्