काठमाडौँ उपत्यकामा थपिए २२७ कोरोना संक्रमित

काठमाडौँ- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार २ सय ८४ पीसीआर तथा २ हजार ५ सय ८० एन्टिजेन परीक्षण भएको छ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्