इरानसँग ४-० ले पराजित भयो नेपाल

काठमाडौँ- इरानले नेपाललाई ४-० ले पराजित गरेको छ।

एएफसी यू-२३ च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा इरानसँग भिडेको नेपालले ४ गोल खाएको हो।

ताजिकिस्तानमा भइरहेको खेलको पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन नसके पनि दोस्रो हाफमा नेपालले चार गोल खाँदा एउटै गोल फर्काउन सकेन।

नेपाल र इरान रहेको समूहमा घरेलु टोलीसहित लेबनान पनि रहेको छ। नेपालले बिहीबार ताजिकिस्तान र आइतबार लेबनानसँग खेल्ने छ।

समूहको विजेता फाइनल चरणमा पुग्ने छ। यसैगरी ११ वटा समूहका सर्वोत्कृष्ट चारवटा उपविजेता टोली पनि फाइनल चरणमा पुग्नेछन्।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्