नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी

काठमाडौँ- नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा सरकारले युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अध्यक्ष सुशील घिमिरेले राजीनामा गरेपछि उनको ठाउँमा सरकारले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिए।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्