रेमिट्यान्स ६.६३ प्रतिशतले घट्यो, निर्यात ११५.४ प्रतिशतले बढ्यो

फाइल तस्बिर।

काठमाडौं- चालु आर्थिक वर्षको सुरुको दुई महिनामा रेमिट्यान्स आप्रवाह ६.६३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साउन र भदौ महिनामा नेपाल भित्रिएको रेमिट्यान्सका आधारमा राष्ट्र बैंकले सोमबार तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात ७५.९ प्रतिशत र निर्यात ११५.४ प्रतिशतले बढेको छ।

यसैगरि शोधान्तर स्थिती ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ। विदेशी विनिमय संचिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ८९ अर्ब ८४ करोड तथा राजश्व परिचालन एक सय ६८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

सुरुको दुई महिनामा बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्य सुचाकाङ्क आधारमा मुद्रास्फिती ३.४९ प्रतिशत रहेको छ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्