परिचयपत्र हेरेरमात्र भाडामा दिन र काममा लगाउन गृहको अनुरोध

काठमाडौँ – पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फ्ल्याट कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिलाई कामकाजमा नलगाउन सरकारले अनुरोध गरेको छ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सबैमा यस्तो अनुरोध गरेको हो।

कतिपय विदेशी नागरिक आफ्नो परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेकाले त्यस्ता व्यक्तिलाई देखिए वा भेटिए नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गर्नसमेत विज्ञप्तिमार्फत गृह मन्त्रालयले अनुरोध गरेको छ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्