नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता १५ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढेको छ। मन्त्रि परिषद्को सोमबारको बैठकले रासन भत्ताको दर रेटमा १५ प्रतिशत बृद्धी गर्ने निर्णय गरेको हो।

यसअघि बजेटमै रासन भत्ता बढाउने घोषणा गरिएको थियो। २०७१ सालयता नेपाल प्रहरी र शसस्त्र प्रहरीको रासन भत्ता बढेको थिएन।

तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्