ग्रान्डी अस्पताल ‘म्यानेजमेन्ट’ बाट बाहिरिए परिकल्पनाकार डा. चक्रराज पाण्डे

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ग्रान्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे। तस्बिर: देशसञ्चार

काठमाडौं- डा. चक्रराज पाण्डे  धापासीस्थित ग्रान्डी अस्पतालको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका छन्। उनी ग्रान्डी अस्पतालका संस्थापक मेडिकल निर्देशक हुन्। उनी अस्पतालको सञ्चालक समितिमा पनि थिए।

स्रोतका अनुसार डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न साधारणसभाबाट सञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा बिदा लिएका हुन्।

पछिल्लो समय उनको सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएको थियो।

३२ रोपनीमा जग्गामा फैलिएको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् । अस्पतालको भवन मात्र १५ तलाको रहेको छ। अस्पतालमा रुपज्योति र उपेन्द्र महतोको २५/२५ प्रतिशत शेयर रहेको छ। डा. पाण्डेसहित ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता  छन्।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्