प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमार चुँडालकाे लागि तोके ३० पेशी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास गठन गरेका छन्।

उक्त इजलासका लागि ३० वटा पेशी तोकिएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले शुक्रबार आफू र चुँडालको संयुक्त इजलास गठन गरेका हुन्।

न्यायाधीशहरुले राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस बीचमा आफ्ना लागि एकल इजलास तोकिरहेका थिए। सर्वोच्च अदालतमा शुक्रबारका लागि ८ वटा इजलासमा एक सय ७२ वटा पेशी तोकिएको छ। ८ वटामध्ये एउटामात्र एकल इजलास तोकिएको छ।

दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासमा १६, मीरा खड्का र सुस्मलता माथेमाको इजलासमा २४, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा १९ वटा पेशी तोकिएको छ। आनन्दमोहन भट्टराईको एकल इजलासमा १६ वटा पेशी छन्।

यसैगरी बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा २४, टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको इजलासमा २६ तथा प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा १७ वटा पेशी तोकिएको छ।

सत्ता बाँडफाँटमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार बाहिर आएपछि उनको राजीनामा माग भइरहेको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्