चार सय ६३ ले बढ्यो एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ – एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि बढाउने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटिले प्रस्ताव गरेभन्दा चार सय ६३ जना बढाउने निर्णय गरेको हो। बिहीबारको स्थायी कमिटिले १५३६ जना मात्रै महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो।

तर त्यसलाई सच्याउँदै अब महाधिवेशन प्रतिनिधि १९ सय ९९ तय गरिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार कात्तिक २७ गतेभित्र महाधिवेशन प्रतिनिधि छानिसक्न निर्देशन दिएको छ।

एमालेले पार्टीको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशन प्रतिनिधि समावेशी आधारमा जिल्लाबाट संगठित सदस्यताका आधारमा आउनेछन्।

केन्द्रीय कमिटि, विभागका सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन्। यो कार्यसमितिको अन्तिम बैठक मंसिर ९ गते बस्ने निर्णय पनि गरेको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्