प्रदेश १ मा गत २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ – प्रदेश १ मा गत २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले शुक्रबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ४ सय ९३ जनाको पीसीआर परीक्षणमा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षणका क्रममा २५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले पीसीआर परीक्षणका क्रममा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण देखिएको हो।

यस क्रममा मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे र रंगेलीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, झापाको भद्रपुरमा ५, मेचीनगर, कनकाई र विर्तामोडमा समान ४, दमक र अर्जुनधारामा समान ३, हल्दिबारी, बाहृदशी, गौरादह र कमल गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रतर्फ, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा समान २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण देखिएको छ।

प्रदेशमा शुक्रबार १ सय ८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष छन्। यससँगै गत २४ घण्टामा कोरोना संक्रमणबाट झापा र मोरङमा समान १ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्