अमेरिकामा पाँच वर्षदेखिका बालबालिकाका लागि फाइजर खोप स्वीकृत

अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर खोप पाँच वा त्यो भन्दा माथिको उमेरका बालबालिकाका लागि स्वीकृत गरिएको छ ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले शुक्रबार खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाउन आकश्मिक स्वीकृति प्रदान गरेको हो । यो खोप यसअघि नै १२ वर्षदेखिका बालबालिकामा लगाउँदै आइएको छ ।

आउँदो हप्तादेखि खोप लगाउन थालिने जनाइएको छ ।

यसअघि अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको थियो ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले मंगलबार खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका थिए । त्यसपछि शुक्रबार एफडिएले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकश्मिक प्रयोगको स्वीकृति प्रदान गरेको हो ।

गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो ।

कात्तिक १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्