अफगानिस्तानबाट ३२ जना नेपालीको उद्धार

फाइल तस्बिर

काठमाडौँ – सरकारले अफगानिस्तानमा थप ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

शनिबार बिहान अफगानिस्तानबाट ३२ जना नेपाली नागरिकहरुलाई उद्धार स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अव नरहेको बताए । उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अव चाहिँ उद्धारको पर्खाईमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार तालिबानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।

कात्तिक १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्