नाङ्गो खुट्टा चितवनबाट आएका अधिकारी मुद्दा सुनुवाइ नभएपछि रुँदै घर फर्किए (भिडियोसहित)

काठमाडौँ – अम्बिकाप्रसाद अधिकारी आइतबार आफूले दायर गरेको जालसाजी मुद्दाको सुनुवाइका लागि चितवनबाट आए। तर अघिल्लो हप्तादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीहरुले मुद्दाको सुनुवाइ हुन दिएका छैनन्।

यसका कारण नाङ्गो खुट्टा चिवनबाट आएका अधिकारी बिहीबार इजलास जान पाएनन्। फाँटबाटै अर्को पेशी लिएर घर फर्किए। पाँच वर्षदेखि सर्वोच्च धाइरहेका अधिकारी ६ महिनामा बल्लबल्ल आएको पालोमा पनि आफ्नो मुद्दा सुनुवाइ नभएपछि निराश हुँदै फर्किएका छन्।

अर्को पेशी लिएपछि उनी सर्वोच्चको मुल गेटअघि निक्कै बेर टहलिए। निन्याउरो भए। न्यायाधीशले नै इजलास बहिस्कार गर्दा दैनिक दर्जनौँ सेवाग्राही मर्कामा परेका छन्।

सर्वोच्च अदालत प्रशासनका अनुसार दैनिक दुई सय भन्दा बढी मुद्दा पेशी चढ्छ। नियमित अवस्थामा थोरै मात्रै मुद्दाको सुनुवाइ हुने गर्छ तर सोमबारदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दा मुद्दाको सुनुवाइ नै हुन सकेको छैन।

सौतेनी आमाको छोराले गलत कागजात बनाएर बुबाको नामा रहेको आफ्नो अंश नै हालैदेखिको बकसपत्र मार्फत हत्याएपछि उनी जिल्ला, पुनरावेदन हुँदै पाँच वर्षदेखि सर्वोच्चमा मुद्दा गरिरहेका छन्।

तल्ला दुई तहको अदालतले हराइदिएपछि श्रीमति र छोरीहरुको कानमा बचेकुचेको सुन बेचेर आफ्नो अंश कायम गर्ने कानुनी लडाईंमा अम्बिकाप्रसाद छन्।

यस्तो छ उनीसँग गरिएको कुराकानी

 

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्