बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपः राजारानीको सेमीफाइनल यात्रा तय

मोरङ – राजारानी फुटबल क्लब, धनकुटा मोरङमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा आइतबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक डाँगिहाट युथ क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै राजारानीले सेमीफाइनलको यात्रा तय गरेको हो।

गृहमैदानमा आयोजक डाँगिहाटले दर्शकको राम्रो साथ पाए पनि राजारानीविरुद्ध हार टार्न सकेन।

अर्कोतर्फ, जित हात पारेको पाहुना टोली राजारानीका लागि ग्लोरी र योगेश गुरुङले गोल गरे। प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा पाहुना टोली राजारानीका लागि कर्ण लिम्बूको पासमा विदेशी खेलाडी ग्लोरीले गोल गर्दै टोली अग्रता लिन सफल भएको थियो।

यद्यपि, आयोजक क्लबका तर्फबाट खेलको ३१ औं मिनेटमा सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरी अवस्थामा पु¥याएका थिए।

पहिलो हाफमा दुवै टोली समान १ गोलको बराबरीमा रहेको थियो। दोस्रो हाफमा समेत दुवै टोलीका अग्रपंक्तिका खेलाडीले गोलका लागि राम्रो अवसर बनाए पनि सही मार्ग दिन सकेनन्।

मैदानमा दबाबमा रहेको राजारानीले खेलको अन्तिम समय आयोजकमाथि हाबी भएको थियो। निर्धारित समयमा दुवै टोली समान १ गोलबाट अघि बढ्न नसकिरहँदा पाहुना टोली राजारानीले भने डाँगिहाटमाथि गोलका लागि अवसर बनाएको थियो।

निर्धारित समयपछि थप गरिएको २ मिनेटमा मध्यभागबाट अघि बढाएका राजारानीका योगश गुरुङले रोमाञ्चक गोल गरेका थिए।

सो गोलसँगै जित हात पारेको राजधानीका लागि बुद्ध चेम्जोङ उत्कृष्ट खेलाडी घोषित भए। यससँगै आयोजक डाँगिहाट युथ क्लबले सोमबार हुने प्रतियोगिताको पहिलो सेमीफाइनलमा धुलाबारी झापाको रोलिङ फुटबल क्लबले काठमाडौंैको हिमालयन शेर्पाको सामना गर्नेछ।

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्