प्रदेश १ मा कोरोनाबाट एक जनाको मृत्यु, ८९ जनामा संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ५ सय ५३ जनाको पीसीआर परीक्षणमा ७८ र ४ सय ५४ जनाको एन्टिजेन परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिर समान १ जनामा संक्रमण देखिएको हो। यसक्रममा झापाको अर्जुनधारामा ९, बिर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यसैगरी, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

पहाडी क्षेत्रतर्फ इलामको रोङमा २, पाँचथरको फिदिम, धनकुटाको धनकुटा नगरपालिका, उदयपुरको उदयपुरगढी र प्रदेश १ बाहिर समान १ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा सोमबार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेमा २४ महिला र २९ पुरुष छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

कात्तिक १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्