‘घुस’ अस्वीकार गरेको भन्दै एकै साथ ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ – ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी मंगलबार सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई कार्यक्रमका बीच पुरस्कृत गरेको हो । सम्मानित हुनेमध्ये २० जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ।  अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएकोछ ।

प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार  भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै गरे।

नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटा सहित प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल र प्रहरी सहायक निरिक्षकहरू रामेश्वर उप्रेती, अमरबहादुर लुहार र कमलदेव यादव रहेका छन्।

यस्तै प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोबिन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव तथा जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा  प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा महाशाखाले ल्याएको थियो। त्यसरी कारबाहीको दायरामा ल्याउने १ सय १३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । चालु आर्थिक वर्षको छ महिनामा १०९ जना चालकहरुलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

कात्तिक १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्