प्रगतिशील माविलाई ज्योति विकास बैंकको कम्प्युटर सहयोग

काठमाडौँ – ज्योति विकास बैंकले नुवाकोटको विदुर– ३ खड्ग भन्ज्याङस्थित प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत कम्प्युटर सहयोग गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरीले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गरेका हुन्। विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई उक्त कम्प्युटर सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी सीपको विकास गर्न, विद्यार्थीहरुमा प्रयोगात्मक सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यले उक्त विद्यालयलाई सहयोग गरेको जनाएको हो।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ।

कात्तिक १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्