काग तिहारको अवसरमा भोलि विशेष कार्यक्रम

काठमाडौँ – काग तिहारको अवसर पारेर कागेश्वरी धाममा विशेष कार्यक्रम हुने भएको छ।

बुधबार काग तिहारका दिन कागेश्वरी मनोहरा नगरपालिकाको गागल फेदीस्थित धाममा काग विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो।

कागेश्वरीमा अष्टधातुबाट बनेको विश्वकै ठूलो कागको प्रति स्थापना गरिएको छ।

बागमति प्रदेशका पूर्व भौतिकमन्त्री रामेश्वर फुयालले बुधबार कागतिहारको दिन पर्यटन प्रबद्र्धन र विकासबारे अन्तरकृया कार्यक्रमसमेत सञ्चालन आयोजना गरिएको जानकारी दिए।

प्रत्येक वर्ष कागतिहारको दिन धाममा मेला लाग्ने गर्छ।

कार्यक्रमअघि वडा नम्बर १ ले ब्रम्मखेलबाट कागेश्वरी धाम परिसर हुदै सहिद उद्यानसम्मा मोटरसाइकल ¥याली आयोजना गरेको छ।

कात्तिक १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्