काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ।
तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ । बुधबार कुकुर तथा काग तिहार मनाइएको छ । बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।
लक्ष्मी पूजा तथा भाइटीकाका लागि सरमासान किन्नेहरुको भीड अहिले बजार क्षेत्रमा साँझ पर्दैै जाँदा पनि मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको भीड अत्यधिक देखिएको छ।
सरकारले कोरोना भाइरसको संक्रमण जोखिम रहेकाले सावधानी अपनाएर चाड मनाउन भनिरहेको छ। तर, सहर बजारमा देखिएका भीडले त्यो विपरीतको अवस्था बताउँछन् ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बुधबार साँझ काठमाडौँको असन, न्युरोड क्षेत्रमा देखिएको किनमेल गर्नेको भीड ।