फोटो फिचर

झिलिमिली बत्तीमा धपक्क काठमाडौँ (तस्बिरहरु)

काठमाडौँ – तिहारको तेस्रो दिन बिहीबार धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी मनाईँदै छ ।

साँझको समयमा हिन्दू नेपालीले देवी लक्ष्मीको विशेष पूजा गरेका छन् । दीपावलीका रुपमा पनि चिनिने यस दिन झिलिमिली बत्ती बालेर उज्यालो बनाउने गरिन्छ । उज्याले घरमा देवी लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।

तिहारलाई फूलसँग बत्तीको पर्वका रुपमा पनि लिइन्छ । दीपावलीको साँझ काठमाडौँ उपत्यका बत्तीहरुको उज्यालोले धपक्कै बलेको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले दीपावलीको साँझ देखिउको उज्यालो, झिलमिली काठमाडौँका केही तस्बिर खिचेकी छन् ।

कात्तिक १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्