भूटानी शरणार्थी शिविरका दुई छाप्रामा आगलागी

सांकेतिक तस्बिर ।

दमक – दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ। आगलागीबाट छाप्रा पूर्ण रूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए।

उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ। आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो। एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्ण रूपमा नष्ट भएको थियो।

कात्तिक १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्