भक्तपुरमा भएकाे दुर्घटनामा स्कुटर चालकको मृत्यु

सांकेतिक तस्बिर।

भक्तपुर – गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पुर्‍याएको थियो।
उनको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

कात्तिक १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्