बालगोपालेश्वर मन्दिरमा पनि भाइटीका लगाउनेहरुको भीड

फाइल तस्बिर

काठमाडौँ – काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको भीड छ ।

विशेषगरी दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ टीका लगाउनका लागि आउने भएकाले शनिबार बिहानैदेखि मन्दिर खुला गरिएको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । २०३५ सालपछि नियमित रुपमा रानीपोखरी भित्रको सो मन्दिर खुल्न थालेको हो ।

तर २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुनर्निर्माण गरिएको थियो ।

कात्तिक २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्