टेक्सासको सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ८ जनाको मृत्यु, ३०० जना घाइते

अमेरिकाको टेक्सास राज्यमा भएको एक सांगीतिक महोत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

सांगीतिक महोत्सवको पहिलो रात्रीकामा सहभागी हुन ठूलो संख्यामा मानिसहरु पुगेको थिए । स्थानीय समय अनुसार शुक्रबार राति टेक्सासको ह्युस्टनमा सांगीतिक महोत्सवको मञ्च तर्फ बढ्ने क्रममा भागदौड मच्चिएको हो ।

कार्डिक अरेस्ट भएका ११ जनालाई अस्पताल लगिएकोमा ८ जनाको ज्यान गएको आपतकालीन सेवा प्रदायकले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भागदौडमा झण्डै ३०० जना घाइते भएका छन् ।

सांगीतिक महोत्सवमा सहभागी हुन शुक्रबार राति कार्यक्रम स्थलमा ५० हजार मानिस पुगेका थिए ।

सहभागीहरु मञ्च तर्फ बढ्ने क्रममा भागदौड मच्चिँदा घबराहट बढेको र विपदको अवस्था आएको स्थानीय अधिकारीले बताएका छन् । आयोजकले घटनापछि सांगीतिक महोत्सव रद्द गरेका छन् ।

कात्तिक २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्