सल्यान र दाङको सीमा नजिक जिप दुर्घटना, एकजनाको मृत्यु

सांकेतिक तस्बिर

दाङ – सल्यान कालिमाटीबाट दाङको तुलसीपुरका लागि छुटेको मे १ ज ५३२ जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

सल्यान र दाङको सिमाना नजिकै बबई गाउँपालिका ३ ठाडोखोला एक्लेवरमा जिप दुर्घटनामा परेको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन्, चारजनाको अवस्था गम्भीर छ ।

घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल दाङ तुलसीपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले घटनाको विस्तृत विवरण आउनु बाँकी रहेको बताए ।

कात्तिक २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्