यू-१९ राष्ट्रिय क्रिकेटको प्रदेश छनोटका लागि वैतडीको टिम घोषणा

सांकेतिक तस्बिर।

बैतडी – मंसिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदुर पश्चिम प्रदेश टोलीका लागि हुन गइरहेको छनोट प्रतियोगिताका लागि वैतडीले टोली घोषणा गरेको छ।

जिल्ला क्रिकेट संघले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो। टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी छन्।

यस्तै, धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीका रूपमा छनोट भएको जिल्ला संघका अध्यक्ष लालबहादुर चन्दले बताए। प्रशिक्षकका रूपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको छ।

छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने  छ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ४ गतेदेखि १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुँदै छ।

कात्तिक २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्