लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कार

काठमाडौँ – लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन्।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवन कार्यालयमा सोमबार  एक कार्यक्रमबीच उनलाई राष्ट्रपति रामनाथ कोबिन्दले उक्त पुरस्कारबाट सम्मान गरेका हुन्।

क्षेत्रीले ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास धेरै चर्चित छन्।

कात्तिक २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्