सांकेतिक तस्बिर

मकवानपुर – हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नं को मोटरसाइकललाई ना ७ ख ८८१ नं को ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्। ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाहीे अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्