सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सांकेतिक तस्बिर

काठमाडौँ– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ। यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्