प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिए, ४ को मृत्यु

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ५ सय ५८ जनाको पीसीआर परीक्षणमा ६९ र १ सय १० जनाको एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैंचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा समान २, उर्लाबारी, कटहरी र ग्रामथानमा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा समान २, अर्जुनधारामा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रतर्फ इलामको चुलाचुली र रोङमा समान १, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा समान १ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेशमा मंगलबार ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन्।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा मोरङ र सुनसरीबाट समान २ जना रहेका छन्।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट २ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्