झापा – केही दिनअघि आएको अविरल वर्षा र हावाहुरीका कारण क्षति व्यहोरेका धान सुपरजोन झापाका किसानलाई अहिले धान काट्ने चटारो छ।

वर्षा र हावाहुरीले अन्य जिल्लामा जस्तै झापामा पनि धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले तिनै ढलेका धान उठाउन किसानलाई चटारो छ।

अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा किसान लागेका छन्।

कृषि ज्ञान केन्द्र झापाले दिएको तथ्यांक अनुसार यस बर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको छ।

बेमौसमी बर्षाका कारण झापाका गौरादह, शिवसताक्षी, झापा गाउँपालिकालगायत क्षेत्रका धानबालीमा ठूलो क्षति पुर्याएको छ।

तर जिल्लाभर धानबालीको औसत उत्पादकत्व भने नघट्ने केन्द्रको अनुमान छ।

तस्बिरहरूः