प्रदेश १ मा गत २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको ४ सय ३७ जनाको पीसीआर परीक्षणमा ६४ र ७२ जनाको एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा समान २, धनकुटा र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा समान २, बेलबारी, बूढीगंगा र केराबारीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले पहाडी क्षेत्रतर्फ, इलामको चुलाचुली र सूर्योदयमा समान १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा समान १, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको जनाएको छ।

प्रदेश १ मा बुधबार ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष छन्। त्यसैगरी, गत २४ घण्टामा प्रदेशमा कोरोनाबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ।

कात्तिक २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्