नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक, सुरुवाती मूल्य रु ५१,१९९

काठमाडौँ – विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। जसको मूल्य रु. ५४ हजार १९९ रहेको छ। यसमा ८÷१२८ जीबी स्टोरेज रहने रियलमीले जनाएको छ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको दावी गरिएको छ। जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन रहेको छ।

सुरुका ग्राहकहरुले तोकिएकोभन्दा रु तीन हजार कम मूल्यमा रु ५१ हजार १९९ मा यो मोबाइल फोन खरिद गर्न पाउने रियलमीले जनाएको छ।

रियलमी जिटी नियो २ लाई क्वालकम स्नाप ड्रागन ८७० ५जीको मोबाइल प्लाटफर्मले पावर गरेको छ। यसको लम्बाइ १६२.९ मिलिमिटर, चौडाइ ७७५.६ मिलिमिटर र उचाइ ८.६ मिलिमिटर रहेको छ। क्वालकम स्नाप ड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शनसँगै स्थिरताको अनुभव प्रदान गर्ने रियलमीले बताएको छ।

थर्मल जेलले यस फोनलाई शितल राख्ने बताइएको छ। रियलमीको इतिहासमै पहिलोपटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम स्क्वायर क्षेत्रफलमा बाफलाई चिस्याउने र खिया नलाग्ने स्टिलको संरचना रहेको छ। चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्ने छ। एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुने रियलमीले बताएको छ।

५००० एमएएच ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ। जसले गर्दा विनादबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ। यसको ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन फुल चार्ज हुन्छ। एकपटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्ने रियलमीले जनाएको छ।

यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्नेछ। रियलमीको स्मार्टफोनमा ई४ डिस्प्ले रहेको छ। जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ। यसैगरी ५०००००ः१ कन्ट्रास्ट अनुपातले अधिकतम १३०० नीटसम्मको ब्राइटनेस दिने रियलमीले बताएको छ। नियो जिटीको डिजाइन रियलमी जिटी लाइनअपकै महत्वपूर्ण हाइलाइट हो। यसको नियो हरियो रङ प्रविधि र शक्तिको बेजोड संगम हो। नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१ हजार १९९ को सुरुवाती मूल्यमा अग्रीम बुकिङ गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने बताइएको छ। यस सुविधाअन्तर्गत कार्तिक २८ देखि भौचर तथा बैंकिङ छुटमा वितरण सुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ गर्न सक्नेछन्। रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङमा उपलब्ध छ।

कात्तिक २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्