प्रदेश १ मा गत २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको २ सय ४७ जनाको पीसीआर परीक्षणमा १९ र ३९ जनाको एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो।

झापाको अर्जुनधारामा ३, दमक र बिर्तामोडमा समान २, मेचीनगर, कनकाई र भद्रपुरमा समान १ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बूढीगंगामा १ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

प्रदेशमा बिहीबार ५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा २६ महिला र २९ पुरुष छन्।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको जनाएको छ।

कात्तिक २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्