झापामा जेसीबीको आउटलेट सञ्चालन

काठमडौँ – नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न अथोराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ। जेसीबीको यो ३५ औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउनेछन्।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव पाहुजाले गरेका हुन्।

नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको बिक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए।

उनले भने, ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेटमात्र होइन ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो।’

 

कात्तिक २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्