प्रदेश १ मा गत २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ६ जनाको पीसीआर परीक्षणमा ३७ र ४० जनाको एन्टिजेन परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, विर्तामोड, बुद्धशान्ति र भद्रपुरमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, पहाडी क्षेत्रतर्फ इलाम नगरपालिका र पाँचथरको फिदिममा समान १ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा शुक्रबार ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १९ महिला र २५ पुरुष छन्।

कात्तिक २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्