काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै विप्लव निकट माओवादी नेता–कार्यकर्ताले शुक्रबार साँझ राजधानीमा राँकेजुलुस गरेका छन्।

उनीहरूले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको विरोधस्वरुप राँकेजुलुस गरेका हुन्।

निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै उनीहरुले आयल निगमका भ्रष्ट कर्मचारीलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वानसमेत गरेका छन्।

उनीहरूले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन सरकारलाई दबाब दिएका हुन्।