के कट्रीना र विक्कीको विवाह राजस्थानमा हुँदैछ?

बलिउड स्टार कट्रीना क्याफ र विक्की कौशलको प्रेम अनि विवाहको प्रसंगले बेलाबेलामा बलिउडको माहोललाई रंगीन बनाउँछ। केही समय अगाडि यी दुईको प्रेम प्रसंगले तरङ्ग ल्यायो। त्यसपछि यी दुईको विवाहको कुराले बलिउडलाई अचम्मित पार्‍यो।

त्यसपछि विवाहको लागि लेहेङ्गा र अन्य कपडाको अर्डर गरेको खबर सार्वजनिक भयो। अहिले भने यी दुईको विवाहको लागि ‘भेन्यू’ हेर्नका लागि गइरहेको खबर सार्वजनिक भइरहेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार राजस्थानको ‘सिक्स सेन्स फर्ट होटल’ मा यी दुईको विवाह हुँदैछ। भारतीय सञ्चार माध्यमका अनुसार यी दुईको विवाह डिसेम्बर ७ देखि १२ सम्म हुन सक्छ।

विवाह समारोह भव्य हुने बताइएको छ। यो विवाहलाई भव्य बनाउन कम्पनीहरुले भिन्न भिन्न जिम्मेवारीहरु लिएका छन्। यस्तै विवाहमा धेरै मानिसहरु आउने र उनीहरुको व्यवस्थापनको लागि राजस्थानमा होटलहरु खोजिरहेको जनाइएको छ।

यस्तै कट्रीना क्याफ र विक्की कौशल विवाहको तयारी गरिरहको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन्। तयारीको खबर आइरहेको भए पनि यी दुईले विवाह र सम्बन्धको बारेमा केही बोलेका छैनन्।

कात्तिक २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्