प्रदेश १ मा थप ५४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको २ सय ५७ जनाको पिसिआर परीक्षणमा ५१ र ९२ जनाको एन्टिजेन परीक्षणमा जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा २२, सुन्दरहरैचा, रंगेली, बुढीगंगा र सुनबर्षीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

प्रदेशमा शनिबार ४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले पुष्टि गरेको छ। संक्रमणमुक्त हुनेमा २४ महिला र २२ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कात्तिक २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्