गत आर्थिक वर्षमा अत्रि बचत तथा ऋण सहकारी गर्‍यो १० करोड २५ लाख कारोबार

मोरङ– विराटनगरस्थित अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ०७७।७८ मा १० करोड २५ लाख ९ हजार ३४ रुपैयाँ कारोबार गरेको छ।

विराटनगरमा शनिबार आयोजित सहकारीको १२औँ साधारण सभाका क्रममा संस्थाले गत आर्थिक वर्ष ४९ लाख २० हजार ७ सय २ रुपैयाँ आम्दानी गर्दै ४७ लाख २४ हजार ५ सय २१ रुपैयाँ खर्च गरेको जनाएको छ।

सो क्रममा संस्थाका अध्यक्ष ईश्वर खतिवडाले ०७८।७९ मा ११ करोड ११ लाख १५ हजार रुपैयाँ कारोबार गर्ने लक्ष्य राखेको जानकारी दिए।

अध्यक्ष खतिवडाका अनुसार ५ सय ६४ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ५६ लाख २३ हजार तीन सय रुपैयाँ छ। चालु वर्षमा ५ लाखको सेयर बिक्री गर्ने संस्थाले लक्ष्य राखेको छ।

त्यसैगरी, साधारण सभामा ज्योतिष अग्निप्रसाद अम्बिका स्मृति प्रतिष्ठानको सहकार्यमा विराटनगर महानगरपालिका–३ की रूक्मिणा खतिवडा र वडा नम्बर ५ का गोपालप्रसाद खतिवडालाई सम्मान गरिएको थियो।

त्यसैगरी, विराटनगर महानगरपालिका–१२ की नर्वदा खतिवडा, वडा नम्बर ५ का तीर्थप्रसाद खतिवडा, विराटनगरकै टंकप्रसाद खतिवडा र वेदनाथ खतिवडालाई ज्येष्ठ पुस्ताका मातापितालाई माल्यार्पण गरी सम्मान गरिएको संस्थाले जनाएको छ।

कात्तिक २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्